Skip to content

सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार पनि स्थिर रहेको सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य स्थिर नै रहेको थियो । महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने केही घटेको छ । मंगलबार चाँदीको मूल्य १० रुपैयाँले सस्तो भएको हो । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३०१.७९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२१ डलरमा कारोबार भइरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal