Skip to content

आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी

 

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारीमा जुटेको छ । संघीय संसद्मा जेठ १५ गते प्रस्तुत भएको बजेट आगामी असार ७ गते पारित गर्ने तयारी भएको हो ।

संघीय संसद् सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधिसभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।्

बजेटमाथि सामान्य छलफल सकिएको छ । मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदै छ । मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal