Skip to content

सिटिजन्स बैंकका ग्राहकलाई ग्राण्ड नोरलिङ होटेल रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र मूलपानी, काठमाडौंस्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई होटलमा विशेष छुट दिनेसम्बन्धी सहमति भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकको हालसम्म १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ एकाइहरु रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal