Skip to content

सेयर बजारमा हरियाली, परिसूचक २१०० सय विन्दु माथि

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन पनि सामान्य अंकले बढेको सेयर बजार परिसूचक मंगलबार ३३ अंकभन्दा बढीले बढेको हो ।

मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार ३३ दशमलव १५ अंकले बढेर २११५ दशमलव २४ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.५९ प्रतिशतले बढी हो । मंगलबार कारोबार भएका कम्पनी २०३ कम्पनीको सेयर मूल्य बढ्यो भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

मंगलबारको कारोबार बन्द हुँदा सेयर बजारमा ५ अर्बभन्दा बढीको कारोबार भएको छ । मंगलबरको कारोबार बन्द हुँदा ३११ कम्पनीका १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ७४ हजार ८७७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै मंगलबार ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९२ अंकले बढेर ३७२ दशमलव ९७ अंकमा पुगेको छ ।

मंगलबार सबै उप समूहको सेयर मूल्य बढेको छ । मंगलबार सबैभन्दा बढी लाईफ इन्स्योरेन्स उपसमूहको सेयर मूल्य २.४० प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा कम निर्माण र प्रसोधन उप समूहको सेयर मूल्य ०.४० प्रतिशतले बढेको छ ।

मंगलबारको कारोबार बन्द हुँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्ने कम्पनीमा बरुण हाइड्रोपावर कम्पनी लिमेटड, ग्रीन भेन्चर्स लिमिटेड, कुथेली बुखारी साना जलविद्युत लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal