Skip to content

मंगलबार यी कम्पनीका सेयरधनीले सबैभन्दा धेरै गुमाए

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली देखियो । निकै लामो सयम पनि सेयर बजार ठूलो अंकले बढेको हो ।

परिसूचक बढे पनि मंगलबार ५० कम्पनीको सेयर मूल्य भने घटेको छ । मंगलबारको कारोबार बन्द हुँदा सबैभन्दा सामलिंग पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले घटेर ६ सय रुपैयाँ पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै मंगलबार कुमारी इक्विटी कोषको सेयर मूल्य पनि ४.९४ प्रतिशत अर्थात ०.४३ रुपैयाँले घटेर ८ रुपैयाँ २७ पैसा पुगेको छ । मंगलबार एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको सेयर मूल्यमा पनि ३.३१ प्रतिशत अर्थात् ०.३१ रुपैयाँले घटेर ९ रुपैयाँ ०५ पैसा पुगेको छ । त्यस्तै माछापुच्छ्रे बैंक ऋणपत्र २०८५ को सेयर मूल्य पनि १.९७ प्रतिशत अर्थात २१ रुपैयाँले घटेर १ हजार ४४ रुपैयाँमा कारोबार बन्द भएको छ । यता नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर मूल्य पनि १.९६ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ८ रुपैयाँले घटेर ४०१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal