Skip to content
Prabhu

यी हुन सबैभन्दा धेरै सेयर मूल्य बढेका शीर्ष पाँच कम्पनी

काठमाडौं । बुधबार सेयर बजारमा एकल अंकको वृद्धि भयो । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार ६ दशमलव ३७ अंकले बढेर बन्द भयो ।

कारोबार भएका कम्पनीमध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार समृद्धि फाइनान्स कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ ।

समृद्धि फाइनान्सको सेयर मूल्य ३६ रुपैयाँले बढेर ३९६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ७० रुपैयाँले बढेर ७७० रुपैयाँ पुगेको छ । बुधबार सेयर मूल्य धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड छन् ।

बुधबार साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर बन्द भएको छ । संस्थाको सेयर मूल्य ९८ रुपैयाँ ७० पैसाले बढेर १ हजार ८६ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ९.९९ प्रतिशतले नै बढेको छ । यो कम्पनीको सेयर मूल्य २१ रुपैयाँले बढेर २३२ रुपैयाँ ३० पैसा पुगेको छ । बुधबार गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.६४ प्रतिशत अर्थात् ११० रुपैयाँ ३० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ३० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal