Skip to content

एउटै फार्मबाट १ वर्षमा ११ करोड अण्डा उत्पादन, ८ करोड १५ लाख नाफा

चितवन । आइपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा ११ करोड ११ लाख ४२ हजार रूपैयाँ अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरेर बिक्री गरेको हो ।

सो कम्पनीको आज सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष विनोद पोखरेलले दैनिक एक हजार चार सय ५० पेटी अण्डा उत्पादन हुँदै आएको बताए । कम्पनीले नवलपरासीको (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघामा फैलिएको फार्ममा कुखुरापालन गर्दै आएको छ । फार्ममा अहिले चार लाख कुखुरा छन् । निकट भविष्यमै छ लाख कुखुरा पुर्याउने लक्ष्य लिइएको अध्यक्ष पोखरेलले बताए।

कम्पनीले गत आर्थिक वर्षमा आठ करोड १५ लाख ९० हजार ९ रुपैयाँ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर १८.३७ आम्दानी गरेको थियो । अध्यक्ष पोखरेलले पेश गर्नुभएको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा प्रतिशेयर ३.६४ रुपैयाँ आम्दानी गरेको कम्पनीले यसवर्ष प्रतिशेयर आम्दानी बढाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले रु दुई करोड ६३ लाख नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर ५० करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले कम्पनीको २०८१/८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्तावअन्तर्गत प्रारम्भिक सार्वजनिक आह्वान (आइपीओ) मा जानका लागि सबै कानुनी प्रक्रिया पूरा गरेकोले सोसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष रघुनाथ भट्ट, सञ्चालक हेमराज बडाल, डा अनन्त दाहाल, डा आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, शेयरधनीका तर्फबाट माधवप्रसाद अर्यालले आफ्नो धारणा राखेका थिए ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेल र कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले आर्थिक प्रतिवेन र कम्पनीका बारेमा जानकारी दिएका थिए । साधारणसभाका अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट र पूर्वसञ्चालक द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima