Skip to content
Prabhu

अब अवकाश कोषमा जम्मा गरेको ५ लाखसम्मको रकममा कर नलाग्ने

काठमाडौं । अब अवकाश कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नुनपर्ने भएको छ । आयकर नियमावलीलाई संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार तलबी कर्मचारीले अवकाश कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने भएका हुन् ।

जसअनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषलगायत अवकाश कोषहरुमा वार्षिक योगदान गर्दा वार्षिक ५ लाख रुपैयाँ वा कर निर्धारण योग्य आयको एकतिहाइ जुन घटी हुन्छ । उक्त रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्ने व्यवस्था गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal