Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको ४६ हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४६ हजार २ सय ३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी भानुभक्त ढकालको नाममा रहेको ९ हजार ८ सय कित्ता, अनिल प्रसाद श्रेष्ठको २१ हजार ९ सय ६० कित्ता, सुदर्शन राज पाण्डेको नाममा रहेको १४ हजार ४ सय ७० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयर खरिदको लागि साविक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal