Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाबाट १४ दिनका लागि ३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा तरलता बढी रहेको छ । गत जेठ २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६२ खर्ब ३१ अर्ब निक्षेप संकलन गर्दै यता ५१ खर्ब ३३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९५ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदरसमेत अधिकतम ३.२१ प्रतिशतमा खुम्चिएको छ ।

जसले गर्दा पनि राष्ट्र बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन पत्र खरिद गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal