Skip to content
Prabhu

कोशी प्रदेश सरकारद्वारा झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख

nabil

बनियानी । झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ ।

चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई ९ करोड पाँच लाख रुपैयाँ र कृषि ज्ञान केन्द्रमार्फत १ करोड ४८ लाख रुपैयाँ उपलब्ध प्रदान गरेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले राससलाई जानकारी दिए।

कोशी प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको ससर्त अनुदानमा कृषि बजार निर्माण र सिँचाइलाई बढी प्राथमिकता दिएको छ । जिल्लाका छ पालिकाका १२ स्थानमा कृषि बजार निर्माण तथा पूर्वाधार विकासका लागि तीन करोड ४० लाख रुपैयाँ, ११ वटा पालिकामा सिँचाइ विस्तारका लागि रु तीन करोड ससर्त अनुदान दिएको प्रमुख विष्टले बताए ।

जिल्लाका तीनवटा पालिकामा कृषि यान्त्रिकीकरणका लागि ५५ लाख रुपैयाँ, गह्रा सुधार तथा चक्लाबन्दी खेतीका लागि ४० लाख रुपैयाँ, तोरी खेती तथा मौरीपालनका प्रवर्द्धन र तोरी प्रशोधन उपकरण खरिदका लागि ६० लाख रुपैयाँ उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।

नमूना कष्टम हाउसिङ सेन्टर स्थापनाका लागि ६० लाख रुपैया, प्राङ्गारिक मल उत्पादन पूर्वाधार निर्माण गर्न ३० लाख रुपैयार तरकारी सङ्कलन केन्द्र निर्माण गर्न २० लाख रुपैयास्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जिल्लामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । युवा लक्षित तरकारी, च्याउ, मह उत्पादन कार्यक्रमअन्तर्गत ३९ जना युवालाई रु एक÷एक लाख अनुदान दिएको छ ।

यसैगरी, सुपारी प्रशोधन उद्योग पूर्वाधार यन्त्र उपकरण सहयोगअन्तर्गत सातवटा उद्योगलाई ४० लाख रुपैया, जैविक विषादी उत्पादनका लागि एउटा कृषि सहकारी र फार्मलाई ७५÷७५ हजार रुपैया, जुटखेती प्रवर्द्धनका लागि छजना किसानलाई रु पाँच लाख, गड्याँैला मल तथा प्राङ्गारिक मल उत्पादनका लागि पाँच लाख रुपैया, मागमा आधारित कार्यक्रमका लागि १२ लाख ५० हजार रुपैयार केराखेतीका लागि ढुवानी साधनमा सहयोगका लागि १५ लाख रुपैयाअनुदान उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि प्रवर्द्धन कार्यक्रमले जिल्लामा मकै र धान उत्पादन बढेको बढेको छ । मकै उत्पादकत्व पाँच मेट्रिकटन प्रतिहेक्टरबाट वृद्धि भई सात मेट्रिकटन पुगेको तथा धानको चार दशमलव पाँचबाट वृद्धि भएर पाँच दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर पुगेको ज्ञान केन्द्रका निमित्त प्रमुख विष्टले बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal