Skip to content
Prabhu

कर्णाली चिनाउने तस्वीर–भिडियो प्रदर्शनी सुरु

काठमाडौं । काठमाडौंमा कर्णाली चिनाउने तस्वीर/भिडियो प्रदर्शन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी शनिबारदेखि सुरु भएको हो ।

शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’को राउटे युवा नवीन शाहीले उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित प्रदर्शनीको उद्घाटनछि नवीनले राउटे समुदाय संकटमा रहेको, विभिन्न समस्याहरु झेल्न परेको गुनासो गरे । कनेक्टिङ कर्णाली अभियानले कर्णालीका १० वटै जिल्लाहरुलाई समेट्ने उद्देश्यसहित कार्यक्रम पनिसार्वजनिक गरेको छ ।

अभियानको सुरुवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुआत गरिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरू प्रदर्शन गरिने छ । साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ ।

कनेक्टिङ कर्णाली अभियानमार्फत कर्णालीको १० वटै जिल्लाहरुलाई उजागर गर्ने कामको थालनी दैलेखबाट सुरु गरको मनघरी फाउण्डेशनका अध्यक्ष एवम् कनेक्टिङ कर्णालीका परिकल्पनानकार भरतबन्धु थापाले जानकारी दिए । प्रत्येक महिना पहिलो शनिबारदेखि कर्णालीका दशै जिल्ला समेटिने अध्यक्ष थापाको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal