Skip to content
Prabhu

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

ललितपुर । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत रहेको छ ।

आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले महानगरले जेठ मसान्तसम्ममा पुँजीगततर्फ २ अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च गरेको बताए। ‘पुँजीगततर्फ यस आवमा ४ अर्ब २९ करोड ४६ लाख रुपैयाँ पारित भएको थियो, जसमध्ये जेठ मसान्तसम्ममा २ अर्ब ४३ करोड ९२ लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ, जेठ मसान्तसम्म सम्झौता भइसकेको र सम्पन्न हुन बाँकी कामको मात्रै यो महिनामा भुक्तानी हुन्छ’, उनले भने, ‘बजेटमा समावेश भएको तर सम्झौता हुन बाँकी काम तथा योजना नयाँ दायित्व सिर्जना हुने गरी यो महिनामा भुक्तानी नगर्ने हाम्रो नीति छ ।’

अर्घाखाँची सिमेन्ट
Hyundai

अघिल्लो आव २०७९र०८० को जेठमसान्तसम्म ४० प्रतिशतको हाराहारीमा खर्च भएको थियो, सोही आधारमा हेर्दा यो वर्ष उल्लेख्य प्रगति भएको उनले जानकारी दिए । यस्तै, चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयतर्फ १ अर्ब ७५ करोड २४ लाख ९० हजार राजस्व संकलन गरेको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी गराए ।

‘गत वर्षको नगरसभाबाट पारित वार्षिक आयव्ययअनुसार चालु आवमा २ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो, सोही नीतिअनुसार वैशाख मसान्तसम्म १ अर्ब ७५ करोड २४ लाख ९० हजार संकलन भएको छ । प्रस्तावित राजस्व सङ्कलन लक्ष्यको आधारमा यो ७२ दशमलव ९६ प्रतिशत हो, जेठ मसान्तसम्मको अध्यावधिक गर्ने चरणमा छौँ’, थापाले भने ।

यस्तै महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले ललितपुरले गरेको खर्चमा बेरुजु रकम शून्य दशमलव ४६ प्रतिशत मात्रै रहेको देखाएको छ । यसले वित्तीय सुशासनमा ललितपुर अब्बल रहेको देखिएको छ ।

‘पुरानो बेरुजु धेरै फछ्र्योट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशतभन्दा कममा सीमित राख्नु वा बेरुजु शून्य राख्न सफल हुनु वित्तीय सुशासनको आधार हो, हामीले यस आवमा पुरानो बेरुजु ५८ करोड रुपैयाँभन्दा बढी रकम फर्छ्योट गर्न सफल भएका छौँ । सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरी प्रयोगमा ल्याइएको छ, प्रशासनिक खर्च कम गरी पुँजीगत खर्च वृद्धि गरेका छौँ’, धिमालले भने।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्