Skip to content

नेपालको व्यापार घाटा ११ महिनामा १३ खर्ब १४ अर्ब पुग्यो, १४ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात

nabil bank

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ खर्ब बढीको वस्तु आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँको वस्तु तथा सेवा आयत गरेको हो । यो गत आवको भन्दा १.८४ प्रतिशतले कम हो।

जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशत कम हो । गत आवको सोही अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड ्र४५ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख बराबरको आयात गरेको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.०१ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालबाट १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँको निर्यात भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi