Skip to content
Prabhu

चालु आर्थिक वर्षको १० महिनामा लघुबीमाको व्यवसाय साढे २९ करोड, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा लुघ बीमा कम्पनीहरुले साढे २९ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । सञ्चालनमा रहेका तीन जीवन बीमा र चार निर्जीवन बीमा कम्पनीहरुले चैत महिनासम्म २९ करोड ५७ लाख ५४ हजार रुपैयाँ बराबरको बीमा शूल्क संकलन गरेका हुन् ।

१० महिनाको अवधिमा जीवन लघुबीमा कम्पनीले भन्दा निर्जीवन बिमा कम्पनीको व्यवसाय बढी रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार वैशाख मसान्तसम्म जीवन लघुबिमा कम्पनीको व्यवसाय १० करोड १९ लाख ५४ हजार रुपैयाँ बिमा शूल्क आर्जन गरेका छन् भन् निर्जीवन बिमा कम्पनीहरुले १९ करोड ३८ लाख रुपैयाँ बिमा शूल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

यो अवधिमा जीवन लघुबिमा कम्पनीले ५२ हजार ९९० बिमालेख जारी गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ८५ हजार ५४५ वटा बिमालेख जारी गरेका छन् ।

आर्थिक वर्ष २०८०÷८१ को वैशाखसम्मको तथ्यांकअनुसार जीवन लघुबीमा कम्पनीले प्रथम बीमाशुल्कबापत १० करोड १९ लाख १६ हजार रुपैयाँ संकलन भएका छन् भने नवीकरणसहित १० करोड १९ लाख ५४ हजार रुपैयाँ संकलन गर्न सफल भएका छन् । ३ जीवन लघुबीमामध्ये क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शूल्क संकलन गरेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म ६ करोड ३३ लाख २९ हजार रुपैयाँ बराबरको बिमा व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा यो कम्पनीले ३४ हजार ७०० वटा बीमालेख जारी गरेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म २ करोड ४७ लाख ९८ हजार रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा यो लघुबीमा कम्पनीले १४ हजार ३५४ बिमालेख जारी गरेको छ । त्यस्तै यो अवधिमा अर्को जीवन लघुबिमा कम्पनी लिवर्टीले १ करोड २७ लाख ९० रुपैयाँ बराबरको व्यवसाय गरेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म ३ हजार ९३६ बीमालेख बिक्री गरेको छ ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा चारवटा ुनिर्जीवन लघबीमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँको व्यवसाय गरेका छन् । १० महिनाको अवधिमा निर्जीवन लघुबिमा कम्पनीले ८५ हजार ५४५ वटा बीमा लेख बिक्रीबाट सो बराबरको बीमा शूल्क संकलन गरेका हुन् ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै व्यवसाय नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको रहेको छ । यो कम्पनीले ७ करोडभन्दा बढीको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले वैशाख मसान्तसम्म ७ करोड ६७ लाख ९० हजार रुपैयाँ बराबरको ३८ हजार ४९२ बिमालेख बिक्री गरेको छ । धेरै बिमा व्यवसाय गर्ने निर्जीवन लघु बीमा कम्पनीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म ६ करोड १४ लाख ८४ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा प्रोटेक्टिभले २० हजार ३३३ वटा बिमालेख बिक्री गरेको छ ।

त्यस्तै यो १० महिनाको अवधिमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ करोड बढीको व्यवसाय गरेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म ४ करोड २५ लाख ४६ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले २१ हजार १ सय २९ बिमालेख जारी गर्दै सो मूल्यको बिमा शूल्क संकलन गरेको हो । चारवटा लघु निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम व्यवसाय गर्ने कम्पनी हो ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड । यो कम्पनीले १० महिनाको अवधिमा १ करोड ३० लाख ४३ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा यो कम्पनीले ५ हजार ५९१ वटा बिमालेख जारी गरेको छ ।

अधिकांश ठूला बिमा कम्पनीहरू सहर केन्द्रित भएको भन्दै ग्रामिण क्षेत्रमा बीमा गराउने उद्देश्यले बिमा प्राधिकरणले प्रदेशमा प्रधानकार्यालय रहने गरी लघुबिमा कम्पनीलाई लाइसेन्स दिएको थियो । गाउँमा रहेको सानो पुँजी भएका व्यक्तिहरुलाई पनि बिमाको दायरामा ल्याउन भन्दै यो कार्यक्रम सुरु गरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal