Skip to content
Prabhu

समाज लघुवित्तले असार ३० गतेलाई बोलायो साधारणसभा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति तोकेको छ । लघुवित्तले आगामी असार ३० गतेका लागि आफ्नो साधारणसभा बोलाएको हो ।

लघुवित्तको सञ्चालक समितिको शनिबार बसेको ११४ औँ बैठकले छैटांै वार्षिक साधारणसभा असार ३० गते गर्ने निर्णय गरेको जनाएको छ । साधारणसभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने, बाह्य लेखापरीक्षकले तयार पारेको लेखापरीण सहतिको प्रतिवेदन माथि छलफ गरी पारित गर्ने र आर्थिक वर्ष २०८०/०८१ को लेखा परीषणका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेकको कम्पनीले जनाएको छ ।

त्यस्तै सभाले सर्वसाधारणतर्फका दुई जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने छ । त्यस्तै अन्य वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव पनि सभामा पेस गरिने छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले असार २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal