काठमाडौं । नेपालको होटल क्षेत्रमा व्यवसायिक घराना एमएस ग्रुपले आक्रामक रूपमा लगानी बढाउने घोषणा गरेका छन् ।
१० वर्षमा तीनवटा तारे होटल सञ्चालनमा ल्याएको एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटीले ५ वर्षभित्र ३ सय कोठाको म्यारिअटको प्रिमियम ब्रान्ड ‘जेडब्ल्यू म्यारिअट’ ल्याउने घोषणा गरेको हो ।
काठमाडौंको कमलादीमा ग्रुपअन्तर्गतको तेस्रो तारे होटल मोक्सीको उद्घाटन कार्यक्रममा होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले ५ वर्षभित्र काठमाडौं उपत्यकामा जेडब्लु म्यारिअट सञ्चालनमा ल्याउने घोषणा गरे ।
ग्रुपको नेतृत्व उद्योगी शशिकान्त अग्रवालले गरेका छन् । ग्रुपले नक्सालमा पाँचतारे होटल म्यारियट र ठमेलमा चारतारे होटल फेयरफिल्ड सञ्चालनमा ल्याइसकेका अग्रवालले १०१ कोठाको तेस्रो होटल सञ्चालनमा ल्याएका हुन् ।
मोक्सी खास गरेर युवाहरूलाई लक्षित गरिएको छ । असोजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको मोक्सी जेनजी आन्दोलनको कारण ढिलाई भएको थियो।
दक्षिण एशियामा मोक्सीको तेस्रो होटल हो ।












प्रतिक्रिया दिनुहोस्