Skip to content
Prabhu

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले महँगो भएको हो ।

अघिल्लो दिन २ हजार ७०० रुपैयाँले घटेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ८ सय २० रुपैयाँ पुगेकको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३२४.७६ डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔँस २९.५६ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal