Skip to content
Prabhu

टेस्लाले फिर्ता बोलायो करिब १२ हजार साइबर ट्रक

एजेन्सी । एलन मस्कको विद्युतीय भेहिकल म्यानुफ्याक्चरर टेस्लाले अमेरिकामा ११  हजार ६८८ साइबर ट्रकलाई बजारबाट फिर्ता बोलाएको छ , अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले ती गाडीहरुको विन्डसिल्ड वाइपरमा खराबीलाई मर्मत गर्नका लागि कम्पनीले रिकल गरेको हो ।
अटो सेफ्टी रेगुलेटरले भनेको छ, “अध्यतिक भोल्टेज आपूर्ति हुादा अगाडिपको विन्डसिल्ड वाइपर मोटर कन्ट्रोवर फेल हुनसक्छ । कम्पनीले सर्भिस टिमले वाइपर मोटर परिवर्तन गर्नेछ र खराब गाडीमा प्रेसर सेन्सिटिभ टेप लगाउनेछ वा यसलाई रिप्लेस गर्नेछ ।”
कम्पनीले साइबर ट्रकलाई बजारबाट फिर्ता बोलाएको यो चौथो पटक हो । विन्डसिल्ड वाइपरमा समस्या आउँदा भिजिविलिटी कम हुनेसम्भाना हुन्छ । जसका कारण दुर्घटनाको खतरा बढ्छ । टेस्लाले गत डिसेम्बरमा पहिलो पटक ट्रकलाई ग्राहकका लागि बिक्री गरेको थियो ।
टेस्लाले ११ हजार ३८३ पिकअप ट्रकलाई पनि फिर्ता बोलएको छ । यी ट्रकको बेडमा ट्रिम गलत तरिकाले अट्याच गरिएको थियो । जुन अहिले कमजोर बनेको छ । त्यसभन्दा अघि कम्पनीले गत अप्रिललमा ४ हजार साइबर ट्रकलाई फिर्ता बोलाएको थियो ।
उत्पादन सुरु गरेको चार वर्षपछि कम्पनीले साइबर ट्रक ग्राहकका लागि उपलब्ध गराएको थियो । जसले अमेरिकामा डेलिभरीको काम गर्दथ्यो  ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal