Skip to content
Prabhu

कञ्चनपुरमा सवारी साधनको चाप बढेसँगै ७४ लाख राजस्व संकलन

महेन्द्रनगर । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जिप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal