Skip to content
Prabhu

एक दिन पनि टिकेन सेयर बजारको सुधार, अधिकांश कम्पनीको सेयर मूल्य घट्दा बजार राताम्य

काठमाडौं । सेयर बजारको सुधार एक दिन पनि टिक्न सकेन् । अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको हो ।

साताको चौथो कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २०६० दशमलव १६ विन्दुमा पुगेको छ । कारोबार भएका अधिकांश कम्पनी र उपसमूहको सेयर मूल्यमा गिरावट आएपछि समग्रमा बजार राताम्य भएर बन्द भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ । आज ३०५ कम्पनीका ८७ लाख २७ हजार १६४ कित्ता सेयर ५४ हजार ७९३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २७ अंकले घटेर ३६२ दशमलव ७४ अंकमा पुगेको छ । आज तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक राताम्य भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal