Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा उच्च वृद्धि

 

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले गिरावट आयो । सेयर बजार परिसूचक ११ दशमलव ६० अंकले घटेको हो । दोहोरो अंकले परिसूचक घटेको दिन नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

नेपाल फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको भन्दा ९.५५ प्रतिशतले बढेको हो । यो कम्पनीको सेयर मूल्य ८९ रुपैयाँ ८० पैसाले बढेर १ हजार ३० रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज धेरै सेयर मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा शिवश्री हाइड्रोपावर लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । यी कम्पनीको सेयर मूल्यमा पनि अघिल्लो दिनेको भन्दा उच्च वृद्धि भएको छ ।

बुधबारको कारोबार बन्द हुँदा शिवश्री हाइड्रोको सेयर मूल्य ७.२६ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १३ रुपैयाँले बढेर प्रतिकत्ता १९२ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आज गणपति लघुवित्तको सेयर मूल्य ७.१३ प्रतिशत अर्थात् ११४ रुपैयाँले बढेर १ हजार ७१४ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ६.५० प्रतिशत अर्थात् ७३ रुपैयाँले बढेर १ हजार १९६ रुपैयाँ पुगेको छ । त्यस्तै स्वावलम्बन लघुवित्तको सेयर मूल्य ५.१० प्रतिशत अर्थात् ७४ रुपैयाँले बढेर १ हजार ५२४ रुपैयाँमा पुगेर कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal