Skip to content
Prabhu

अमेरिकामा आठ अर्ब डलरको पार्किङ उद्योग, जीवित रहनका लागि छ संघर्षरत

एजेन्सी । अमेरिकामा जसरी अटोमोबाइल एउटा व्यवसाय बनेको छ, पार्किङ स्थल र ग्यारेजको व्यवसाय पनि उसैगरी ठूलो व्यवसाय बनेकाे छ । एक तत्थ्यांक अनुसार अमेरिकामा ७० करोडदेखि दुई अर्बवटा पार्किङ स्थान छन् वा अर्को तरिकाले भन्दा, प्रत्येक दर्ता भएका गाडीका लागि २.५ देखि ७ स्थान पार्किङका लागि उपलब्ध छ । त्यसमध्ये करिब १० प्रतिशत पार्किङका लागि अहिले नै भुक्तानी भइसकेको छ । र, यो व्यवसाय दशकौँदेखि निरन्तर र स्थिर छ ।
तर यस व्यवसायमा प्रवेश गर्ने सहज बाटोले भीड भने बढाएको छ । व्यवसायमा तीव्र प्रतिस्पर्धा बढेको छ भने व्यवसाय खण्डिकरण हुने जोखिम पनि बढेको छ । जानकारहरु पछिल्लो समय पेड पार्किङको व्यवसाय स्थिर वा घट्दो क्रमम रहेको बताउँछन् ।
अमेरिकाको बोस्टनमा रहेको पार्किङ एड्भाइजरी ग्रुपका सञ्चालक जेरी मार्कसका अनुसार सन् २०२२ मा सम्पूर्ण पार्किङ उद्योगले करिब एक सय २१ अर्ब डलरको कारोबार गरेको छ । कोभिड–१९ महामारीको समय अर्थात् सन् २०२० मा भने यसको कारोबार ५८ अर्ब डलरसम्म घटेको थियो ।  जुन सन् २०१९ को तुलनामा ५६ प्रतिशत कम हो । सन् २०२३ मा यस व्यवसायले करिब एक सय ४४ अर्ब डलर कमाउने प्रक्षेपण गरिएको छ । र, यो सन् २०१९ को स्तरभन्दा १० प्रतिशतले बढी हो । तर सरोकारवाला भने मागमा आएको गिरावट उद्योगका लागि चिन्ताको विषय भनेका छन् ।
पछिल्लो समय उपभोक्ताहरु इ–कमर्समा अभ्यस्त हुन थालेपछि पार्किङको माग घट्दो क्रममा छ भने कोरोना महामारीपछि साप्ताहिकरुपमा सहरी क्षेत्रमा ड्राइभ गर्नेहरु घटेपछि पनि पार्किङको माग घटेको छ । ठूलो पार्किङ उद्योगभित्र पार्किङ व्यवस्थापन गर्ने कम्पनीहरूको समूह छ । यस उद्योगले सन् २०२२ मा बजार अनुमान अनुसार आठ अर्ब र १० अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । सन् २०१८ देखि २०२३ को अन्त्यसम्म, आईबीआईएसवर्ल्डले व्यवसाय वार्षिक ७.७ प्रतिशत घटेको अनुमान छ । तर २०२३ देखि २०२८ सम्म पार्किङ व्यवसायको कारोबार १.४ प्रतिशतले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
तर व्यवसायको कारोबार बढ्नेमा भने सबैको अनुमान छ । बढ्दो सवारी–हेलिङ बजार र विद्युतीय सवारी साधनको चार्जिङ वा सवारी मर्मतलगायतका यसको माग बढाउनेमा  उनीहरुको विश्वास छ । पछिल्लो समय उद्योग आफैलाई व्यवसाय बढाउने नयाँ विकल्प खोज्नुपर्ने बाध्यता पनि आइलागेको छ ।
त्यसैले उनीहरु सेवा र प्रविधिमा लगानी गर्दै आएका छन् । जस्तै एउटा एप माध्यम बनेको छ । जुन ग्राहकहरूलाई समय अगावै स्थानहरू आरक्षित गर्न र उनीहरूको फोनमा पार्किङको लागि भुक्तानी गर्न अनुमति दिन्छ । यसले कम्पनीहरूलाई आवश्यकतानुसार मूल्यहरू परिवर्तन गर्ने सुविधा पनि दिन्छ । उच्च माग हुने समयमा यो एपले अग्रीम बुकिङ गर्न र सवारी चार्जका लागि सहज बनाइएको छ । सन् २०२२ सम्म करिब २ प्रतिशत ग्रस प्रोपिटको अनुमान गरिएकोमा यो संख्या सन् २०२५ सम्म १० प्रतिशतमा बढ्ने अपेक्षा गरिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal