Skip to content
Prabhu

आगामी आर्थिक वर्षको बजेटमा १४ वटा सुरुङमार्ग निर्माणका लागि ८१ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग निर्माणका लागि ८१ करोडभन्दा बढी रकम विनियोजन गरेको छ । सरकारले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत देशका विभिन्न ठाउँमा १४ वटा सुरुङ मार्ग निर्माणका लागि ८१ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको हो ।

१४ वटा सुरुङ मार्गमध्ये सबैभन्दा धेरै रकम सिद्धबाबा सुरुङ मार्गका लागि छुट्याएको छ । सरकारले यो सुरुङ मार्गका लागि ६५ करोड ८१ लख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम सरकारले सुरुङ मार्गका लागि छुट्याएको रकमको ८१ प्रतिशत हो । यो आयोजना अहिले निर्माणाधिन अवस्थामा रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा कम बजेट विनियोजन गरेको सुरुङ मार्ग बिपिनगर–खुटिया हो । यो आयोजनाका लागि जम्मा ४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो आयोजना ललितपुर जिल्लामा रहेको छ ।

आगामी आवका धरान–लेउती सुरुङ मार्ग निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएकाके छ। भौतिक पूर्वाधार मन्त्रालयको विवरणअनुसार आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्ग विकास कार्यक्रमका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ ।

विभिन्न प्रस्तावित सुरुङ मार्गहरुको सम्भाव्यता अध्ययन गर्नका लागि १ करोड २३ लाख रुपैयाँ र दुम्कीबास–बर्दघाट सुरुङ मार्गका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै हेम्जा नयाँपुल खण्ड सडक सुरुङमार्गका लागि २५ लाख रुपैयाँ, माझिम्तार–शक्तिखोर सुरुङ मार्गका लागि १२ लाख रुपैयाँ, नयाँ बानेश्वर अन्डरपास ९ लाख रुपैयाँ र बबई–छिन्चु सुरुङ मार्गका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसका साथै पोखराको फुश्रेखोला छोरेपाटन देखि स्याङजा गुडीकोला टनेल अध्ययनका लागि २५ लाख रुपैयाँ, रारा राजमार्गको कुशे पाटन (जाजरकोट ब्याउलीढुंगा र जुम्ला ईमिलचा खोला टनेल (सुरुङ मार्ग) डीपीआर तयार गर्ने १० लाख रुपैयाँ, ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि ८ करोड १० लाख रुपैयाँ र लुम्बिनी रारा पर्यटकी राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङ मार्गका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal