Skip to content
Prabhu

सामान्य बढ्यो सुनको भाउ, आइतबार कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । आइतबार सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) तोलामा १ हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदीको मूल्य त्यति नै रहेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस सुन २ हजार ३२६.७३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.१४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal