Skip to content

ट्वाइलेट पेपरको आयातमा कमी, ११ महिनाको अवधिमा २ करोड बढीको आयात

 

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ट्वाइलेट पेपरको आयातमा कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ महिनाको अवधिमा १२ हजार ४२१ केजी कम ट्वाइलेट पेपर आयात भएको हो ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले ७७ हजार ४३२ केजी ट्वाइलेट पेपर आयात गरेको सरकारी तथ्यांक छ । गत आवमा भने ८९ हजार ८५३ केजी ट्वाइलेट पेपर आयात भएको थियो।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा २ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको ट्वाइलेट पेपर आयात भएको छ । गत आर्थिक वर्षमा भने २ करोड ७३ लाख ७ हजार रुपैयाँको ट्वाइलेट पेपर आयात भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima