Skip to content
Prabhu

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन पनि सुनको मूल्य २ सय रुपैयाँले नै बढेको थियो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्यमा तोलामा १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय चाँदीको मूल्य भने केही दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पछिल्लो ३ दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३२२.९८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.०४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal