Skip to content
Prabhu

बैंकिङ प्रणालीमा थ्रुपियो निक्षेप, सीडी रेसियो पनि ७९ प्रतिशत

काठमाडौं । पछिल्लो समय बैंकहरुको अधिक तरलता बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो सयम बैंकिङ प्राणालीमा ६३ खर्बभन्दा धेरै निक्षेप संकलन भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार असार १२ गते बुधबारसम्मको अवधिमा बैंकिङ प्राणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।

राष्ट्र बैंकका अनुसार बुधबारसम्म वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब ८१ अर्ब पुगेको छ । त्यस्तै अन्य वित्तीय संस्थामा पनि ७ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ ।

यो अवधिमा ६३ खर्ब बढीको निक्षेप संकन हुँदा ५१ खर्ब ४५ खर्ब रुपैयाँ लगानी भएको छ । तथ्यांकअनुसार वाणिज्य बैंकको लगानी ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुेगको छ भने अन्य वित्तीय संस्थाहरुले ५ अर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्म वित्तीय प्रणालीको सीडी रेसियो ७९.५१ प्रतिशत रहेको छ । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीडी रेसियो ९० प्रतिशतसम्म पु¥याएर लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal