Skip to content
Prabhu

बुधबारका लागि राष्ट्र बैंकले कुन विदेशी मुद्राको भाउ कति तोक्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४८ रुपैयाँ १७ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ११ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५५ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२ रुपैयाँ ५७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७ रुपैयाँ १४ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal