Skip to content
Prabhu

जनकपुरधामको विभिन्न स्थानमा सीसीटिभी जडान

जनकपुर । मधेस प्रदेश राजधानी जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमा सीसीटिभी जडान गरिएका छन् ।

सुरक्षा व्यवस्था थप चुस्त बनाउन हालसम्म जनकपुरधामका वडा नं २ मा २० र वडा नं ३ मा १० वटा सीसीटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सीसीटिभी जडानका लागि वडा नं २ मा रु १० लाख र वडा नं ३ मा रु पाँच लाख बजेट छुट्याइएको थियो ।

सीसीटिभी जडानले आपराधिक घटनाको न्यूनीकरण तथा अपराधीको पहिचानमा सहयोग पुग्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal