Skip to content
Prabhu

बजार बढेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी, दोर्दी खोला जलविद्युतको पौने ५ प्रतिशतले घट्यो

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भयो । कारोबार रकममा समेत उच्च वृद्धि भएको दिन ९२ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार बन्द भयो । बिहीबार सबैभन्दा धेरै घट्ने कम्पनीमा दोर्दी खोला जलविद्युत कम्पनी रहेको छ ।

यो कम्पनीको सेयर मूल्य आज ४.७५ प्रतिशतले घटेको छ । २३ रुपैयाँले घटेको यो कम्पनीको सेयर मूल्य ४६१ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै सानिमा डिभेन्चर २०८९ को सेयर मूल्य पनि ३.७५ प्रतिशत अर्थात् ४२ रुपैयाँले घटेर १ हजार ७८ रुपैयाँ पुगेको छ । त्यस्तै आज जानकी फाइनान्सको सेयर मूल्य पनि ३.७० प्रतिशतले घटेको छ । यो फाइनान्सको सेयर मूल्य २५ रुपैयाँले घटेर ६४९ रुपैयाँ ९० पैसा पुगेको छ ।

आज धेरै घट्ने कम्पनीमा न्यादी हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य ३.२५ प्रतिशत अर्थात् ११ रुपैयाँले घटेर ३२७ रुपैयाँमा कारोबार बन्द भएको छ । आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य पनि ३.२५ प्रतिशतले नै घटेको छ । अघिल्लो दिनको भन्दा ३७ रुपैयाँले घटेर १ हजार १०२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal