Skip to content

यती एयरलाइन्समा सम्पत्ति विवाद, अध्यक्ष सोनामविरुद्ध बुहारीले हालिन मुद्दा

nabil bank

काठमाडौं । यती ग्रुप अफ कम्पनी (यती वर्ल्ड नेपाल) पारिवारिक सम्पत्ति विवादमा फसेको छ । पैतृक सम्पत्तिमा लाक्पा सोनाम शेर्पाले एकलौटी गरेको भन्दै आफ्नै भाइ बुहारीले अदालतमा अंश मुद्दा दायर गरेकी हुन् ।

उनकी भाइबुहारी फुरदिकी शेर्पाले जेठाजु सोनामविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि पारिवारिक सम्पतिको विबाद अदालतमा पुगेको हो । बुहारी फुरदिकी शेर्पासहित भतिज दावा जाङ्वु शेर्पाले गत असार १८ गते सोनाम शेर्पासहित पासाङ रिङ्जी शेर्पा, चन्द्रा शेर्पा, नावाङ शेर्पा, नोर्बु छिरिङ शेर्पा लगायतलाई विपक्षी बनाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

यती ग्रुपका तत्कालीन सञ्चालक आङटेन्डी शेर्पा (मृतक) का श्रीमती फुरदिकी र छोरा दावा जाङवुले हालसम्म पैतृक सम्पत्ति भागबन्डा नभएको र जेठाजु सोनाम शेर्पाले एकलौटी गरेको भन्दै अंश मिलाइदिन अदालतमा मुद्दा दायर गरेकी हुन् । हवाई उड्डयनसँगै पर्यटन, होटल तथा रिसोर्ट व्यवसायमा साम्राज्य खडा गरेको यती ग्रुप अफ कम्पनीले देशका विभिन्न ठाउँहरूमा व्यवसायसँगै ठुलो परिमाणमा चल अचल सम्पत्ति जोडेको छ । २५ वर्षअघि दुई भाइ आङछिरिङ शेर्पा र लाक्पा सोनम शेर्पाले थामसेर्कु ट्रेकिङ प्रा.लि. खोलेर ट्रेकिङ व्यवसाय सुरु गरेका थिए । तर उक्त ग्रुपले हाल नेपालको होटेल, ट्राभल तथा पर्यटन क्षेत्रमा वृहत् सञ्जाल विस्तार गरेको छ ।

उड्डयन क्षेत्रमा यती एयरलाइन्स, तारा एयर, हिमालयन एयरलाइन्ससँगै एयर डाइनास्टीमा लगानी गरेको ग्रुपले पर्यटन क्षेत्रमा थामसेर्कु ट्रेकिङ, यती इनसेन्टिभ ट्राभल, यती होलिडेज्, यती एड्भेन्चर, कोरा टुर्स्मा लगानी गरेको छ भने होटेल तथा रिसोर्टतर्फ प्रसिद्ध गोकर्ण फरेस्ट रिसोर्टका साथसाथै चितवनमा होटेल कसरा, यती माउन्टेन होम, मुस्ताङमा मोक्क्ष होटेल लगायत आधा दर्जन बढी होटेल तथा रिसोर्टमा लगानी गरेको छ । यतीठूलो व्यावसायिक सञ्जाल र लगानी रहेको ग्रुपको जिम्मेवारी भने पछिल्लो समय सोनाम एक्लैले सम्हाल्दै आएका छन् ।

शेर्पा परिवारमा तीन दाजुभाइ छन् । जेठो लाक्पा सोनाम शेर्पा (हाल समूहको अध्यक्ष), माइला आङछिरिङ शेर्पा र कान्छा आङटेन्डी शेर्पा । यी तीन दाजुभाइ मध्ये जेठो भाइ लाक्पा सोनाम मात्र जीवित छन् । माइला भाइ आङछिरिङ शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

यसअघि नै कान्छाभाइ आङटेन्डीको पनि हवाइ दुर्घटनामा नै मृत्यु भइसकेको थियो । मुद्दा दायरकर्ता फुरदिकी शेर्पाले जेठाजु सोनामले सगोल सम्पत्तिमा मनलाग्दी गरेको र अंशबन्डा नगरिदिएको आरोप लगाएकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime