Skip to content
Prabhu

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका–८ का कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो । चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएक छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal