Skip to content

नाटोका महासचिवद्वारा युक्रेनलाई सैन्य सहायता गर्न ४० अर्ब युरोको घोषणा

nabil bank

एजेन्सी । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई अर्को वर्ष ४० अर्ब युरो (४३ अर्ब डलर) बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

नाटोका महासचिवले शुक्रबार एक पत्रकार सम्मेलनमा भने, ‘सहयोगीहरूले रूसविरुद्ध युक्रेनको रक्षाका लागि आवश्यकताहरू पूरा गर्न न्यूनतम रूपमा अर्को वर्षको लागि यो वित्तीय वाचामा सहमत भएका छन् ।’

गठबन्धनको ७५ औं वार्षिकोत्सव मनाउन र युक्रेनलाई समर्थनको सन्देश पठाउन नाटो नेताहरूले अर्को हप्ता वाशिङ्गटनमा भेट्ने छन् ।

मध्य जुनमा, नाटो सदस्य राष्ट्रले बेल्जियमको राजधानी ब्रसेल्समा नाटोको बैठकमा सुरक्षा सहयोग र युक्रेनमा प्रशिक्षण मिसन समावेश गर्ने योजनामा सहमत भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi