काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले दुई दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना निकालेर २४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालले भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभी, विवस इन्टरनेसनल कन्स्ट्रक्सन एन्ड सप्लायर्स, हिमालयन इन्फ्रास्ट्रक्चर एन्ड कन्स्ट्रक्सन, भूमि ओम–बुद्ध–बुद्ध जेभी, गुप्ता पावर इन्फ्रास्ट्रक्चर, पुजा÷आशिर्वाद जेभी, न्यून जगत्रदेवी निर्माण सेवा, युसब कन्स्ट्रक्सन, शंकरमाली निर्माण सेवा र सयपत्री मल्टीपर्पोज कम्पनी रहेका छन् ।
त्यस्तै एसएस कन्स्ट्रक्सन एन्ड सप्लायर्स, विभोर निर्माण सेवा, साहनी विल्डर्स, बीएस कन्स्ट्रक्सन, बिभोर निर्माण सेवा दिपायल , बिभोर निर्माण सेवा डोटी, जय भवानी कन्स्ट्रक्सन, बीएस कन्स्ट्रक्सन दिपायल, भार्खु निर्मण सेवा, युआरसी कन्स्ट्रक्सन, जलेश्वर महादेव यासवी कन्स्ट्रक्सन र चन्द्रसूर्य निर्माण सेवा पनि कालोसूचीमा परेका छन् ।
गल्छी त्रिशूली नैलुङ्ग स्याफ्रुबेसी रसुवागढी सडक योजनाको सिफारिसमा भारत कन्स्ट्रक्सन सिद्धिसाई जेभी नयाँ बानेश्वरलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, पूर्वाधार विकास कार्यालय उदयपुरको सिफारिसमा विवश इन्टरनेसनल कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई पनि ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, हिमालयन इन्फ्रास्ट्रक्चर एन्ड कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षका लागि कालो सूचीमा राखिएको छ ।
त्यस्तै भूमि ओम बुद्ध बुद्ध जेभी र गुप्ता पावरलाई २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्