Skip to content
Prabhu

सोमबार अन्तिम दिन सरकारी खाताबाट ३५ अर्ब बढीको भुक्तानी, कुल खर्च साढे १३ खर्बमा सीमित

काठमाडौं । सरकारी कोषबाट सोमबार एकैदिन साढे ३५ अर्बभन्दा बढी रकम भुक्तानी गरेको छ । सरकारी कोषबाट सोमबार ३५ अर्ब ६१ करोड भुक्तानी दिएको हो ।

अब सरकारी खाता एक साताका लागि बन्द हुने छ । सोमबार राति १२ बजेसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानी दिएको थियो । आर्थिक वर्षको अन्तिम महिनामा सरकार ढलेपछि भुक्तानीमा सुस्तता आएको हो ।

चालु आर्थिक वर्षमा सरकारले गत आर्थिक वर्षको तुलनामा करिब १ खर्ब कम रकम खर्च गरेको छ । सरकारले गत आर्थिक वर्षमा १४ खर्ब २९ अर्ब खर्च गरेको थियो

सरकाले खर्चतर्फ चालु शीर्षकमा सरकारले ९ खर्ब ३३ अर्ब ८५ करोड भुक्तनी दिएको छ । विकास खर्च शीर्षकमा १ खर्ब ७२ अर्ब ९ करोड भुक्तानी जादाँ वित्तीय व्यवस्थातर्फ २ खर्ब ५० अर्ब २६ करोड भुक्तानी गएको छ ।

अर्थमन्त्री वर्षमान पुन र अर्थ सचिव मधुकुमार मरासिनीले अन्तिम १० दिनका लागि रकमान्तर, स्रोतान्तर र कार्यक्रम संशोधनका लागि मन्त्रिपरिषदबाट निर्णय गराएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal