Skip to content

नेप्सेद्वारा बुधबार दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

धितोपत्र बजारमा कारोबार हुँदै आएको किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो । मर्जर प्रयोजनका लागि नेप्सेले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले भोलि अर्थात् असार २७ गतेबाट एकीकृत वित्तीय कारोबार गर्ने तयारी गरेका छन् ।

जाल्पाको १ कित्ता सेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा दुवै कम्पनी एकापसमा मर्जर भएका हुन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal