Skip to content

निर्माण व्यवसायीले पाउने बाँकी रकम असार मसान्तसम्म भुक्तानी गर्न महासंघको माग

nabil
global ime

काठमाडौं । निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म निर्माण व्यवसायीका सबै बाँकी रकम भुक्तानी गर्न बिहीबार एक पत्रकार सम्मेलन गर्दै पुनः माग गरेको छ ।

निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरे बापतको गत आर्थिक वर्ष २०७१/०८० र चालू आर्थिक वर्ष २०८१/०८१ को ठूलो रकम असार मसान्त भइसक्दा समेत रकमान्तर र भुक्तानी फुकुवा नभएकाले पुनः सरकारको ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।

सरकारले भुक्तानी गर्न बाँकी रकमलाई रकमान्तर मन्त्रालयगत बजेट सूचना प्रणाली स्विकृत गरी सबै बाँकी रकम भुक्तानी यही असार मसान्तसम्ममा उपलब्ध गराइदिनका अर्थ मन्त्रालय सहितका सम्बन्धित निकाय समक्ष महासंघले पुन माग गरेको छ ।

निर्माण व्यवसायीहरुको अर्बौ रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको व्यवसाय महासंघले जनाए ।

यसरी व्यवसायीहरूलाई समयमा भुक्तानी नदिने हो भने राज्यबाट ठेक्का लगाउने परिपाटी नै गलत भएको नजिर स्थापित हुनु राज्यका लागि नै दुःखद अवस्था भएको महासंघको ठहर छ ।

साथै, नेपाल सरकारको कानुन अनुसार २०८१ असार २४ गतेसम्म मात्र भुक्तानी हुने हुँदा अहिलेसम्म रकमान्तर नभई ठूलो रकम भुक्तानी रहेको, प्रदेश र स्थानीय सरकारअन्तर्गतका आयोजनाहरूलाई समेत हुने गरी सो कानुनमा संशोधन गर्दै २०८१ असार मसान्तसम्म व्यवसायीहरूको सबै रकम भुक्तान गर्ने गरी भुक्तानी निकासा फुकुवाको व्यवस्था गर्न महासंघले अनुरोध गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima