काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघको शुक्रबार बसेको बैठकले आज शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो । उक्त बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।
सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५ सय १० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्