Skip to content

माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग

कोलम्बो । प्यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराएका हुन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रबार आयोजित प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (युएनआरडब्लूए) को प्रतिज्ञा सम्मेलनका क्रममा उक्त सहयोगको घोषणा गरिएको हो ।

माल्दिभ्स सरकारले प्यालेस्टाइनलाई दिने वार्षिक पाँच हजार अमेरिकी डलर अनुदानमा १० गुणाले वृद्धि गरी यस वर्ष ५० हजार अमेरिकी डलर पुर्याएको नासिरले बताए।

माल्दिभ्सका प्रतिनिधि मोहम्मदले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो आर्थिक सहयोग बढाउन र यूएनआरडब्लूए पहललाई अगाडि बढाउन राजनीतिक दायित्व पूरा गर्न पनि आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima