Skip to content

बागलुङ ट्राफिकद्वारा १ करोड २० लाख राजस्व संकलन

nabil bank

बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा १ करोड २० लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ ।

आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार सङ्कलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जिप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जिप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्र्याक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् ।

एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए । एक बस, आठ जिप तथा कार, ट्र्याक्टर, टेम्पो एक/एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । गत वर्ष २४ सवारीसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।

ट्राफिक प्रमुख निउरेले दूर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा यसवर्ष दुर्घटना कम भएको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi