Skip to content
Prabhu

वाइवाइ चाउचाउद्वारा नेपाल क्रिकेट संघलाई १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । चौधरी ग्रुपको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सीजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम आज बुधबार एक कार्यक्रमको बीच हस्तान्तरण गरेको हो ।

नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो। सोही घोषणाबमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो ।

त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकवापत ५० हजार, प्रत्येक शतकवापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा वाइवाइले गरेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal