Skip to content

समाज डेण्टलमा अब बिहानी सेवा

काठमाडौं । समाज डेण्टलले अब बिहानी सेवा पनि सुरु गरिको छ।

२४ औं वार्षिक उत्सवको अवसरमा नयाँ बानेश्वर शाखाबाट बिहानी सेवा सुचारु गरेको हो।

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटले कामकाजी सेवाग्राहीलाई सहजता ल्याउने गरि बिहानी सेवा सुचारु गरेको प्रवन्ध निर्देशक शंकु घिमिरेले जानकारी दिए।

बिहानी सेवाले दैनिक काममा जानु पर्ने सेवाग्राहीलाई सहजता हुने भएकाले हाललाई यो सेवा बानेश्वर शाखाबाट सुरु गरिको र सेवाग्राहीको सुविधालाई मध्यनजर राख्दै अरु शाखाबाट पनि यो सेवा सुचारु गरिने जानकारी दिए।

२४ औं वार्षिक उत्सव कार्यक्रममा प्रतिनिधि सभाका सदस्य अर्जुननरसिंह केसी, बिनोद चौधरी र श्यामकुमार घिमिरे पनि सहभागी हुनुभएको थियो।
हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, कौशल्टार , सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सीतापाइला र  बनेपा काभ्रेबाट समाज डेण्टलले आफ्नो सेवा दिइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T