Skip to content

प्रिओपन सेसनमा नेप्से ५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंकले बढेको छ।

हिजो आइतबार ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२३ अंक बढेर २४९१.१७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१६ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ६७ स्टकको १४३ पटकको कारोबारमा ४० लाख ९७ हजार ९ रुपैयाँ ३५ पैसाबराबरको १४ हजार ३६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life