Skip to content
Prabhu

सवा ३४ करोडका अवैध सामान बरामद

वीरगञ्ज । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु. ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल१३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९÷८० को तुलनामा आव २०८०/८१ मा नौ करोड रु. ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए । ‘भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ’, उनले भने ।

‘बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौं । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ’, सशस्त्र प्रहरी बल पर्साले आव २०८०÷८१ मा भन्सार छली गरेर भित्रिएका रु. १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

सोही अवधिमा बिलबीजकअनुसार नभएका रु. १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८० भने रु. २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal