Skip to content

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम सुरु

nabil
global ime

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबार सुरु भएको छ । बुधबारबाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौबीच भएको सम्झौताबमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगनदेव भट्टको पनि आतिथ्यका रुपमा उपस्थिति थियो । तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्देश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचय सहितको भनाई महासंघका सहायक निर्देशक श्री हरि पौडेलले राख्नु भएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने तालिमको प्रमुख प्रशिक्षकको रूपमा आस्था भट्ट रहेका छन् । प्रमुख अतिथिले उद्घाटन सत्रमा स्याहार अर्थतन्त्रमा अब सरकार र निजीक्षेत्र गम्भीर भएर यसको आवश्यक कार्यविधि वनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठूलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएको हुदा अब स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको र यसलाई सहजीकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको विषय जानकारी गराएकाा थिए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima