Skip to content
Prabhu

राष्ट्र बैंकले आजका लागि कति तोक्यो डलर, रियाल र जापानी येनको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ४८ पैसा छ भने बिक्रीदर १७३ रुपैयाँ २५ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५० रुपैयाँ ६० पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८ रुपैयाँ ६० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ६० पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२ रुपैयाँ ५५ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ११ पैसा र बिक्रीदर १७ रुपैयाँ १९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal