Skip to content

विदेशी मुद्राको सञ्चिति बढेसँगै आयात गर्न डलर सुविधा खुकुलो

काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढेसँगै आयात गर्नको लागि डलर सुविधा व्यवस्था राष्ट्र बैंकले खुकुलो बनाएको छ ।

डकुमेन्ट एगेन्स्ट पेमेन्ट तथा डकुमेन्ट एगेन्स्ट एसेप्टेबलको माध्मयबाट आयात गर्न सकिने सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गरेको छ ।

यस्तै नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गर्ने तथा विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गरिने उल्लेख गरेको छ ।

सेवा आयातवापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने विद्यमान सटही सीमालाई वार्षिक र क्षेत्रगत रुपमा तोकी यससम्बन्धी व्यवस्थालाई सहजीकरण गरिनेछ । नेपाल सरकारका निकायलाई सार्वजनिक खरिद कानुनबमोजिम गरिएको खरिदको भुक्तानीको लागि आवश्यक पर्ने सटही सुविधामा ड्राफ्ट÷टी.टी.को सीमा लागु नहुने एवम् एकभन्दा बढी भुक्तानीको माध्यम प्रयोग गर्न सक्ने गरी सहजीकरण गरिनेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T