Skip to content
Prabhu

रुमका ४ सय परिवारलाई खानेपानी

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा तीन खानेपानी आयोजना सम्पन्न भएका छन् । ती आयोजना निर्माणपछि यहाँका चार सय नौ परिवारले खानेपानीको सुविधा पाएका छन् ।

नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको १ करोड ८८ लाख रुपैयाँको लागतमा तीनवटा आयोजना निर्माण सम्पन्न भएका हुन् । ठूलोरुममा दुई सय ७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाइ आयोजनाबाट ७३ घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए । यसअघि यहाँ सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

घरआँगनकै धारामा नियमित पानी उपलब्ध भएपछि स्थानीयलाई धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्झट हटेको छ । स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पछि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या हट्ने अपेक्षा गरिएको छ। खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको वडाध्यक्ष बुढाथोकीले बताए ।

१ करोड १५ लाख रुपैयाँको लागतमा निर्माण भएको ठूलोरुम खानेपानी तथा सरसफाइ आयोजनामार्फत एक हजार चार सय २३ तथा ३६ लाख ६५ हजार रुपैयाँको लागतमा निर्माण भएको बिलवाङ खानेपानी तथा सरसफाइ आयोजनाबाट तीन सय ६२ जना लाभान्वित भएका छन् ।

कूल ३५ लाख ७४ हजार रुपैयाँको लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाइ आयोजनामार्फत ७३ परिवारका तीन सय ४४ जना लाभान्वित भएका छन् । चार सय ११ विद्यार्थी अध्ययनरत विद्यालयमा एउटा धारा जडान गरिएको छ । ‘नेवा’सँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्