Skip to content

दोहामा थपियो नेपाली व्यवसाय, गायक शिव परियार कतार आउँदै

कतार(दोहा) । सदाबहार गायक शिव परियार सांगीतिक प्रस्तुति दिन कतार आउने भएका छन्। आगामी शुक्रबार दोहाको मुटुमा रहेको होटेल स्टाटियोको सातौ तलामा अवस्थित क्लब ईन्फिनिटीको शुभारम्भ सगैं आफनो सांगीतिक प्रस्तुति दिन परियार कतार आउन लागेका हुन् ।

सांगीतिक प्रस्तुति दिन कतार आउन लागेका परियारले आफू कतार आउन लागेको कुरा सामाजिक सञ्जाल मार्फत समेत जानकारी दिएका छन । उक्त कार्यक्रममा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन क्लब सचांलकद्धय सन्दीप भट्टराई र रमेश केसीले दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन्।

सन्दीप भट्टराई र रमेश केसीले लामो समय देखि कतारमा विभिन्न क्षेत्रमा आफ्नो ब्यवसाय सफल रुपमै गर्दै आएका छन् कतारमा ब्यवसायी हरुको संख्या बढ्ने क्रममै रहेकोछ ।

कार्यक्रममा प्रवेश शुल्क पचास  50  कतारी रियाल रहेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । कार्यक्रम स्थानको गेट खुल्ने समय शुक्रबार स्थानीय समय अनुसार दिउसो ४ बजे देखी खुल्ने र रातको दश बजे कार्यक्रमको समापन हुने कार्यतालिका रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T